Shikhar Insurance
National Life

बैंकरले भनेः बैंकासुरेन्स फेरी चाहियो

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार २०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । बाणिज्य बैंकहरुले पुनः बैंकासुरेन्स सेवा दिन पाउनुपर्ने माग गरेका छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे आफ्नो सुझाव राख्दै बाणिज्य बैंकहरुले बैंकासुरेन्स सेवा पुनः प्राप्त गर्नुपर्ने बताएका हुन् ।

बैंकहरुले बैंकासुरेन्स मार्फत उपभोक्तालाई जबरजस्ति बीमा पोलिसी भिडाउन थालेको गुनासो आएपछि चालु आवको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंकासुरेन्स सेवा रोकिदिएको थियो ।  अहिले भने बैंकरहरुले नै त्यस्तो सुबिधा दिन पाउनुपर्ने माग अघि सारेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्ने । बैंकहरुले बैंकासुरेन्स सेवा प्रदान गर्दा मुलुकको ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा दुर–दराजमा समेत सेवा पाउने र यसले बीमाको दायरा बढाउन मद्दत गर्ने ।’, बाणिज्य बैंकका सिईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले राष्ट्र बैंकलाई बुझाएको सुझावमा लेखिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्