काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरु चिर्न सहकारीहरुले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
उनले सहकारीबारे फैलाइएका हल्लाहरु मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताउँदै सबै सहकारीहरु एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरुले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले छिमेकी मुलुकहरुले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै भने, ‘हाम्रो भुगोल, माटो र चेतनाअनुसारका योजनाहरु ल्याउनुपर्छ । र छिमेकी मुलुकहरुमा सम्पर्क गर्दाखेरि हामी ति मुलुकहरुले गरेको प्रगति उन्नति र सहकारी क्षेत्रमा गरेका प्रगतिहरुलाई अनुशरण गरेर योजना बनाएर अगाडि बढियो भने मात्रै हामी सफल हुनसक्छौं । अर्कोतिर अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरु फैलिरहेको छ ।’
उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस्