Shikhar Insurance
National Life

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले पायो ‘क्यूएए’ प्रमाणपत्र

सिंहदरबार संवाददाता
२०८१ पुष २२, सोमबार १२:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् सोल्टीमोड, काठमाडौंलाई संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्यूएए’ को प्रमाणपत्र प्रदान गरेको छ । विश्वबिद्यालय अनुदान आयोगले एक औपचारिक समारोहकाबीच सो प्रमाण पत्र प्रदान गरेको हो ।

आयोगको सभाकक्ष सानोठिमी भक्तपुरमा आयोजित उक्त कार्यक्रममा आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. वंशिधर मिश्र, क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनाल तथा क्याम्पस पदाधिकारीहरुलाई उक्त प्रमाणपत्र प्रदान गर्दै क्याम्पसले आगामी दिनमा आयोगको उद्धेश्य अनुसार गुणस्तरका लागि थप प्रभावकारी कदमहरु चाल्नु पर्ने बताउदै क्याम्पस परिवारलाई हार्दिक बधाई दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा आयोगको सदस्य सचिव प्रा. शंकर प्रसाद भण्डारीले कार्यक्रममा उपस्थित सवैलाइ स्वागत गर्दै प्रमाण पत्र प्राप्त क्याम्पसलाई बधाई दिए। अवसरमा क्याम्पसको तर्फवाट संस्थाका उपाध्यक्ष तथा आन्तरिक गुणस्तर सुनिश्चतता समितिका प्रमुख सह प्राध्यापक जीवन प्रकाश शर्माले संस्थाको परिचय दिँदै यसले गरेका उपलब्धीहरुको सक्षिप्त चर्चा सहित गुणस्तर सुनिश्चितता प्रत्याययनको प्रमाणपत्र प्राप्त गर्नको लागि बिगत ५ बर्ष देखि गरिएका प्रयत्नहरुको चर्चा गरे ।

आयोगले क्याम्पसलाई गुणस्तर सुनिश्चतताको लागि छनौट गरेकोमा धन्यवाद दिँदै पीआटीले क्याम्पस अवलोकनका क्रममा गुणस्तर अभिबृद्धिका लागि दिएका सुझावहरुलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ । सो अवसरमा शैक्षिक गुणस्तर प्रत्यायनका निर्देशक प्रा.डा. रेजिना मास्केले सस्थाको क्वीएए यात्राको तथ्याक प्रस्तुत गरे ।

संस्थाको Peer Review Team का संयोजक प्रा. डा. गणेश बहादुर गुरुगले क्याम्पसलाई बधाई दिँदै मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज्ले आफुले अवलोकन गर्दा अनुसन्धानात्मक क्रियाकलाप, प्रकाशनको नियमितता, अन्तराष्टिय सम्वन्ध स्थापनामा उल्लेखनिय कार्य गरेको पाइएको बताउँदै आगामी दिनमा शैक्षिक गुणस्तर अभिबृद्धिमा थप योगदानको अपेक्षा गरेको बताए ।

चिकित्सा शास्त्र अध्ययन सस्थानका नवनियुक्त डीन प्रा. डा. मोहनराज शर्माले ‘क्यूएए’ प्रमाणपत्र प्राप्त क्याम्पसलाई हार्दिक बधाई दिँदै स‌ंस्थान अन्तर्गत ४ वटा क्याम्पसले ‘क्यूएए’ प्रमाणपत्र प्राप्त गरेको जानकारी दिदै मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज्ले आगामी दिनमा अनुसन्धानका गतिविधिहरुमा थप जोड दिनु पर्ने बताए ।

सो कार्यक्रममा पीआरटीका सदस्यहरु प्रा. सुलोचना श्रेष्ठ, नविना चौलागाई तथा आयोगका सम्वन्धित कर्मचारीहरु र क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु, पूर्व क्याम्पस प्रमुख र क्याम्पस आन्तरिक गुणस्तर सुनिश्चितता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्