Shikhar Insurance
National Life

आरम्भ चौतारी डाक्याे साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ पुष २२, सोमबार १०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा माघ १४ गते पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि बस्ने आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरिसकेकाले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश छैन।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभामा ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारणसभा प्रयोजनका लागि संस्थाले माघ २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस २९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्