काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन १५ सय रुपैयाँले घटेको सुनको भाउ आज स्थिर रहेको हो ।
सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी गत ३ दिनदेखि सोही मूल्यमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्