काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक रहेको बताएका छन् । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ गर्ने विद्यार्थीले स्थलगत रुपमा जलविद्युत आयोजनाको अध्ययन गर्दा थप प्रवभाकारी हुने बताए । उनले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई जलविद्युत आयोजनाहरुमा लगेर अध्ययन गराउन सकिने जानकारी दिए ।
उनले जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको भन्दै त्यहीअनुसार जनशक्ति आवश्यक रहेकोबताए । उनले पछिल्लो समय जलविद्युत आयोजनामा मर्मतसम्भार गर्न जनशक्तिको अभाव देखिएको जानकारी दिए । उनले मुलुकलाई आवश्यक जनशक्तिहरुका लागि मुलुकभित्रै अध्ययन अध्यापन गराउन सक्नुपर्ने बताए । उनले इन्जिनियर विद्यार्थीलाई स्थलगत रुपमा इन्टर्नसिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
स्थलगत अध्ययनउहाँले क्याम्पसमा अध्ययन गर्दा क्याम्पसमा भन्दा बढी ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गरे । उनले हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा मुलुक पुगेको बताए । उनले विद्युत चुहावट रोक्ने नयाँ प्रविधिहरु विकास भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्