काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
आइतबार ३२७ कम्पनीको ९३ अर्ब ८६ हजार ७ सय २१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख १ हजार ९ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।
आइतबार जानकी फाइनान्सको सर्वाधिक कारोबरा भएको छ । कम्पनीको १९ करोड ९ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय रुपैयाँ रहेको छ ।
साथै, आइतबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.८८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्