Shikhar Insurance
National Life

सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने

सिंहदरबार संवाददाता
२०८१ पुष २१, आईतवार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन् । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेकोजानकारी दिए । उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको जानकारी दिए । उनले लोकसेवामार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विद्युत प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याव र वर्कसपहरु प्राय: इन्टर्नसिपका विद्यार्थीले नै चलाएको बताए । उनले विद्युत प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक पटक लिने गरेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्