Shikhar Insurance
National Life

शिवम् सिमेन्ट्सको लगानी रहेको शिवम् होल्डिङ्सको व्यापार २३ करोड, गत वर्षभन्दा ८.९२ प्रतिशतले बढी

सिंहदरबार संवाददाता
२०८१ पुष २१, आईतवार १४:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्ट्सको लगानी रहेको शिवम् होल्डिङ्स लिमिटेडले सन् २०२४ मा २३ करोड २० लाख रुपैयाँ कारोबार गरेको छ, जुन सन् २०२३ को तुलनामा १ करोड ९० लाख रुपैयाँ अर्थात् ८.९२ प्रतिशतले बढी हो ।

कम्पनीले सन् २०२३ मा २१ करोड ३० लाख रुपैयाँ व्यापार गरेकोे थियो भने २०२२ मा ३९ करोड रुपैयाँको कारोबार गरेको थियो । शिवम् होल्डिङ्स लिमिटेड (एसएचएल) लाई शिवम् सिमेन्ट लिमिटेडको ३० प्रतिशत सेयर राख्नको लागि विशेष उद्देश्य वाहन (एसपीभी) को रूपमा गठन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एसएचएलमा शिवम् सिमेन्ट लिमिटेडको ८५.०३ प्रतिशत, विनोद कुमार श्रेष्ठको ३.६३ प्रतिशत, दीपककुमार झाको ३.२१ प्रतिशत लगानी रहेको छ । त्यस्तै, शिवम होल्डिङ् कम्पनी जुन २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्