काठमाडौं । नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ चयन भएका छन् । महासंघको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले श्रेष्ठको अधयक्षतामा १०१ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्ष दुई जना कमल अग्रवाल र हरि गौतम र प्रथम उपाध्यक्षमा दुई जना लक्ष्मी खड्का र हरि पाण्डे चयन भएका छन्। यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमश: गणेशकुमार न्यौपाने, गोरख बहादुर थापा,कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, प्रावती पौडेल भट्ट, धीरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिव प्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमिल्सिना र लेखनाथ पौडेल चयन भएका छन् ।
यसैगरी महासचिवमा नवीन लुइँटेल , उपमहासचिवमा रामकुमार पण्डित, नारायाण प्रसाद न्यौपाने र नवराज भण्डारी, कोषाध्यक्षमा हिमलाल खराल, सहकोषाध्यक्षमा यमुना श्रेष्ठ र राजमनी भट्टराई र त्रीलोचन सुवेदी चयन गरिएको छ ।
किशोरकुमार गौतम, केदार न्यौपाने लगायत सात सचिवमा चयन गरिएको छ । विसं २०७३ मा स्थापना भएको महासंघमा देशभरका २२ संघहरू आवद्ध छन् ।
हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले साना तथा घरेलु उद्योगी व्यवसायीहरुको हकहित र अधिकारका लागि काम गर्ने बताए। उनले व्यवसायीहरुका समस्या सामाधानका लागि पहल गरिने बताए।
प्रतिक्रिया दिनुहोस्