काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन (शुक्रबार) २ हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार १५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदी १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्