Shikhar Insurance
National Life

१५ औं चितवन महोत्सव पुस २५ देखि, ३० करोड कारोबार गर्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०८१ पुष १९, शुक्रबार १८:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । १५ औं चितवन महोत्सव पुस २५ देखि माघ १० गतेसम्म हुने भएको छ । आयोजक उद्योग वाणिज्य संघ चितवनले शुक्रबार पत्रकार सम्मेलन गरेर चितवन महोत्सव २०८१ बारे जानकारी दिएको हो ।

चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, औद्योगिक विकासलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्‍याउँदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरसम्म पुऱ्याउने उद्देश्यले प्रत्येक २ / २ वर्षको अन्तरालमा विसं २०५३ सालदेखि चितवन महोत्सव हुँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महोत्सवको १५ औं संस्करणको रूपमा चितवन महोत्सव २०८१ प्रदर्शनी मैदान, नारायणी नदी किनार, नारायणगढ चितवनमा हुन लागेको हो । उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवर्द्धनका साथै ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा महोत्सव हुन लागेको हो ।

राज्यस्तरबाट आर्थिक गतिविधि चलायमान गराउने कुनै ठोस कार्यक्रम सञ्चालन नभएको अवस्थामा निजी क्षेत्रको भूमिकालाई आत्मसात गर्दै आर्थिक गतिविधि र व्यापार प्रोत्साहन गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने सामाजिक सम्बन्ध मजबुत गराउने, बजार विस्तार र रोजगार सिर्जनामा भूमिका निर्वाह गर्ने, सामाजिक आर्थिक गतिविधिका लागि उत्प्रेरणा दिने, क्षेत्रीय असन्तुलन घटाउने र सांस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले चितवन महोत्सव २०८१ आयोजना गर्न लागिएको महोत्सवका मूल संयोजक सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको चितवन महोत्सवको समुद्घाटन रोबोटको सहयोगमा गर्न लागिएको मूल संयोजक श्रेष्ठले जानकारी दिए ।

चितवनको र समग्रमा नेपालकै गौरव, गरिमा र प्रतिष्ठाको यो साझा अभियानमा सक्रिय रुपमा सहभागी भई महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नमा सम्पूर्णको महत्त्वपूर्ण भूमिकाको अपेक्षासहित सहभागिताको लागि संघले अपिल गरेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्