काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मीले बैंकिङ क्षेत्रले छिटो-छिटो फड्को मारेको बताएका छन् । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)को ५ औँ वार्षिक साधारण सभामा बोल्दै उनले बैंकिङ क्षेत्रलाई सबैले विस्वास गर्नुपर्ने बताएका हुन् ।
बैंकिङ क्षेत्रको समस्या र चुनौतिहरुको समाधान गर्न सबैजना अगाडि बढ्नु पर्ने बताउँदै उनले भने, “मलाई लाग्छ नेपालको बैंकिङ सेक्टरले छिटो-छिटो फड्को मारेको छ । यसमा सबैको ट्रस्ट हुन जरुरी छ । सबैले सहयोग गर्नु जस्तो मलाई लाग्छ । देशको विकासका लागि पनि बैंकिङ सेक्टरले अमूल्य योगदान गरेको छ।”
उनले थपे, “नेपाल बैंकर्स एशोसिएसन र तपाई हाम्रो उद्देश्यमा केही फरक छ जस्तो मलाई लाग्दैन । नेपालको विकासका लागि, विस्तारको लागि, चुनौतिको लागि सामना गर्न सँगसँगै काम गर्नु पर्ने देखिन्छ । यस काराणले सप्लिमेटिभ र कम्पिटेटिभ रुपमा काम गर्नु पर्छ जस्तो मलाई लाग्छ।”
‘सिविफिनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष ज्युहरु, सञ्चालक ज्युहरुको प्रतिनिधित्व छ भने एनबीएमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको प्रतिनिधित्व छ । अहिलेको अध्याक्ष्य ज्यु को हुनुहुन्छ ? उहाँ पनि प्रमुख कार्यकारी अधिकृत नै हुनुहुन्छ । अहिलेको अध्यक्ष ज्यु पनि उहाँ पनि प्रमुख कार्यकारी हुनुहुन्थ्यो । त्यसैले मलाई लाग्छ धेरै जानकारी उहाँलाई पनि छ’ उनले भने ।
उपाध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रमा देखा परेका चुनौतिहरु सामना गर्न एकसाथ अगाडि बढ्नु पर्ने जनाउँदै बैंकिङ क्षेत्रको तथ्यांकहरुमा गत वर्षको तुलनामा कति कुरा घटेर गएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्