Shikhar Insurance
National Life

‘उधारो व्यापारको कारण अर्थतन्त्रमा समस्या बढ्दै गयो’-रामेश्वर खनाल

सिंहदरबार संवाददाता
२०८१ पुष १९, शुक्रबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले बैंकको सम्पत्ति गुणस्तर नहुँदा चाहेको क्षेत्रमा लगानी प्रवाह हुन नसकेको बताएका छन् । शुक्रबार (पुस १९ गते) बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को पाँचौ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तर बिरोध रहेको बताए । मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र वाह्य क्षेत्रको सन्तुलनमा चुनौति रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरुको सम्पतीको गुणस्तर घट्दो अवस्थामा रहेको बताउँदै खराब सम्पतिको देखिने आकार मात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहालि लाग्दो अवस्था रहेको उल्लेख गरे ।

उनले बैंकहरुको सम्पतिको गुणस्तर कमजोर देखिइएका अन्तर्राष्ट्रिय निकायहरुले बैंकहरुको मूल्याङ्कन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानविन गर्नुपर्ने प्रश्न उठाएको उल्लेख गरे ।

उनले प्रभावकारी नियमन भएपनि बैंकको सम्पति गुणस्तर नहुँदा चाहेको क्षेत्रमा लगानी प्रवाह हुन नसकेको बताउँदै बैंक तथा वित्तीय संस्था र रियल क्षेत्रबीचको सम्बन्ध प्रभावकारी नभएको र अहिले बजारमा ७ सय अर्ब बढी तरलता भएपनि व्यक्तिको हातमा तरलता नभएको जनाए ।

संयोजक खनालले बजारमा गएको तरलता व्यक्तिको हातमा पुग्ने संयन्त्र कुण्ठित भएको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुमा धेरै कर्जाको भार भएकाले अहिले थप कर्जा लिनसक्ने अवस्था नभएको र जोखिम व्यहोर्न सक्ने क्षमता नभएको दाबी गरे ।

उनले उधारो व्यापारको कारण समस्या बन्दै गएको जानकारी दिए । उनले २२ वटा समस्याग्रस्त सहकारीले मात्रै ४२ अर्ब निक्षेप फिर्ता नभएको र समस्याग्रस्त हुने सहकारीमा थप गरी करिब ७८ अर्ब रकम आम नागरिकको हातबाट गुमेको बताए ।

खनालले वाह्य क्षेत्र राम्रो हुँदा आन्तरिक क्षेत्रको सबलता बढ्नुपर्ने बताउँदै आन्तरिक क्षेत्र बलियो नभएको कारण निर्यातमा कमी देखिएको र यसले वाह्य क्षेत्रको विकासमा चुनौति सिर्जना गरेको र निजी क्षेत्रको लगानी वृद्धि र फस्टायो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गरे ।

उनले भने, ‘नेपालको अर्थतन्त्रमा केही अन्तरविरोधहरु देखिएका छन् । नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन प्रभावकारी छ भने अर्कोतिर बैंकहरुको खराब सम्पतिको आकार बिस्तार हुँदै गएको छ । खराब सम्पतीको देखिने आकार मात्रै विस्तार भएको होइन नदेखिने आकडा कहालिलाग्दो छ । बैंकले कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोग कसरी गर्‍यो छानविन गर्नुपर्छ भनेर प्रश्न उठाएको छ । प्रभावकारी नियमन तर सम्पतिको स्तर राम्रो हुन नसक्नु र चाहेको क्षेत्रमा लगानी प्रवाह हुन सकेको छैन ।’

‘अत्याधिक कर्जाको भारको कारणले थप कर्जा लिन सकेको अवस्था छैन । उधारो व्यापारको कारण समस्या बढ्दै गएको छ । विश्वमा नै उधारो असुली कमजोर बन्दै गएको छ । २२ वटा समस्याग्रस्त सहकारीले मात्रै ४२ अर्ब निक्षेप फिर्ता गरेका छैनन् । अर्को समस्याग्रस्त हुने सहकारीमा थप गरी करिब ७८ अर्ब रकम आम नागरिकको हातबाट गुमेको छ’ उनले बताए ।

संयोजक खनालले मानिसहरुको क्रय शक्ति कम हुँदा मागमा कमी आएको बताउँदै भने, अर्को अन्तर विरोध वाह्य क्षेत्र हो । राम्रो छ । तर आन्तरिक अर्थतन्त्र सुस्त छ । सामान्यतया वाह्य अर्थतन्त्र राम्रो हुँदा आन्तरिक अर्थतन्त्र राम्रो हुनुपर्छ ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्