काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्य र बैंकिङ क्षेत्रले पनि उद्योग व्यापारलाई महत्त्व दिन छाडेको बताएका छन् । उनले शुक्रबार बैंक तथा बित्तीय सस्था परिसंघ नेपाल (सिविफिन) को ५ औं वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् ।
उनले उद्योग व्यापारको विकास बिना देश विकास सम्भव नभएको बताउँदै उद्योगको उत्पादन बढाएर खपत बढाउन जरुरी रहेको बताए ।उनले उद्योग, व्यापार र कृषिलाई विशेष जोड दिन आग्रह गर्दै उद्योगलाई दिने कर्जा र अन्य क्षेत्रलाई दिने कर्जामा ब्याजदर फरक हुनुपर्ने धारणा राखे ।
उनले देशभरका उद्योगी व्यवसायीहरूले बैंकमा ऋण माग्न जाँदा केन्द्रको निर्णय चाहिने भन्दै कर्जा नदिएको गुनासो गरे । उनले संघीयता आइसकेपछि कर बढेको र कमाउनेभन्दा धेरै कर तिर्नुपरेको गुनासो व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्