काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो कार्यकालमा भ्रष्टाचारको बिरुद्ध,सामाजिक विभेदको विरुद्ध र सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको बताए ।
उनले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको बताए । उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेकुरामा आफू सहमत रहेको जानकारी दिए । अध्यक्ष दाहालले स्वच्छ, निष्पक्ष पत्रकारिताका लागि पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्