काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले देश जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताए ।
उनले अहिले देश जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको जानकारी दिए । उनले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताए । उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष दाहाललाई सचेत गराए । भ्रष्टाचार मुक्त समाज निर्माण नभएसम्म सुशासन स्थापित हुन नसक्ने जानकारी दिए ।
भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा नष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह गरेका छन् । नेता केसीले सत्तामा पुगेकाहरुलाई जानिजानि भ्रम फैल्याएर बद्नाम गर्न खोजिएको बताए ।
प्रतिक्रिया दिनुहोस्