काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा बजारमा कारोकार भएको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५१ हजार हजार ५ सय रुपैयाँमा कारोबारा भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी मूल्य शुक्रबार १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी मूल्य अघिल्लो दिन १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्