Shikhar Insurance
National Life

नेप्सेमा एकैदिन ७ कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १८:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन सात कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार ७ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बिहिबार हिमालयन डेष्टिलरी लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १ हजार ३ सय ६१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हाे । समायोजन पछि कम्पनीको मूल्य १ हजार १ सय ८३‍‍‍.४८ रुपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सेयर समायोजन अघिको मूल्य १ हजार १ सय रुपैयाँ रहेको थियो भने मूल्य समायोजन पछि कम्पनीको मूल्य १ हजार ४.५७ रुपैयाँ कायम भएको छ ।

कालिका पावर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५ सय ३९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मूल्य ५ सय ३.७४ रुपैयाँ भएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंक लिमिटेडको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मूल्य समायोजन अघिकोे मूल्य ४ सय ८० रुपैयाँ रहेको थियो भने मूल्य समायोजन पछि कम्पनीकोे मूल्य ४ सय ६६.०२ रुपैयाँ कायम भएको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको १.८६५९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५ सय ६५ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मूल्य ५ सय ५४.६५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मूल्य समायोजन अघिको मूल्य ७ सय ५७.३० रुपैयाँ रहेको थियो । समायोजन पश्चात कम्पनीको मूल्य ७ सय १४.४३ रुपैयाँ कायम भएको छ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ७.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मूल्य ७ सय ३२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ६ सय ८०.९३ रुपैयाँ कायम भएको छ ।

यी कम्पनीहरुको सेयर कारोबार दोस्रो बजारमा पुस २१ गते आइतबारदेखि कारोबारमा आउने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्