Shikhar Insurance
National Life

निर्माण व्यवसाय सुस्ताउँदा अर्थतन्त्रमा ‘डोमीनो इफेक्ट’, बढेन बैंकहरूको लगानी

रोशनी तामाङ
२०८१ पुष २१, आईतवार १८:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो केहि वर्षदेखी सुस्ताएको नेपाली अर्थ व्यवस्था सँगसँगै नेपालको निमार्ण व्यवसाय समेत सुस्ताएको छ । जसबाट घरजग्गा कारोबार, सिमेन्ट, डन्डी, इँटा टायल्स लगायतका निर्माण सामाग्रीका उद्योग समेत मन्दीको चपेटामा परेका छन् ।

सरकारले सरकारी निर्माणको भुक्तानी समयमै निर्माणा व्यवसायीलाइ नदिएकाे व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार करिब ४० अर्व रुपैयाँ भुक्तानी सरकारले नगरेकाले समग्र निर्माण सम्बद्ध उद्योगहरुमा समेत ‘डोमीनो इफेक्ट’ परेको देखिन्छ । निर्माण जन्य क्षेत्रमा सरकारकाे मात्रै नभै नीजी क्षेत्रबाट समेत प्रयाप्त लगानी हुन सकेकाे छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले समयमै पीपीए नगरीदिँदा पाइप लाइनमा रहेका करिब  १५ हजार  मेघावाट बराबरका नीजी जलविद्युत आयोजनाहरु निर्माणमा जान सकेका छैनन् । त्यस्तै घर, अपाट्मेन्ट लगायतका क्षेत्रमा समेत लगानी बढ्न सकेकाे छैन । जसकाे परिणाम स्वरूप सरकारले लक्ष अनुसारको राजश्व उठाउन सकेको छैन भने बैंक तथा वित्त क्षेत्रको समेत प्रयाप्त कर्जा प्रवाह हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डिल्लीराम पोखरेलका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा निर्माण क्षेत्रमा २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन गत वर्षको तुलनामा १.८ प्रतिशतले बढी हो । तर गत वर्षको सोही अवधिको बृद्धीदर भने ६.५ प्रतिशत रहेको थियो ।

सह प्रवक्ता डिल्लीराम पोखरेलले भने  ‘चालु आवको चार महिनामा ३ अर्ब ६६ करोडले कर्जा बढेको छ । गत आवको सोही अवधिमा १३ अर्ब २४ करोडले बढेको थियो । गत वर्षको तुलनामा चालु आवको कर्जा प्रवाह नै कम छ । अहिले घर बनाउँने प्रवृद्धिहरु कम भएकाले निर्माण क्षेत्रमा कर्जा कम भएको हाे’  ।

निर्माण क्षेत्रमा कुन बैंकको लगानी कति ?

निर्माण क्षेत्रमा सबैभन्दा धेरै नबिल बैंकले लगानी गरेको छ । कात्तिक महिनासम्म बैंकले २४ अर्ब १२ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने दोस्रो नम्बरमा लक्ष्मी सनराइज बैंक पर्न सफल भएको छ । बैंकले कात्तिक महिनासम्म १८ अर्ब १० करोड ३८ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, कात्तिक महिनासम्ममा कुमारी बैंकले १७ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ लगानी गरेकाे छ । भने निर्माण क्षेत्रमा एनआइसी एशिया बैंकको १६ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ, प्रभु बैंकको १४ अर्ब १ करोड ८३ लाख रुपैयाँ, सिटिजन्स बैंककाे १२ अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी रहेकाे छ ।

त्यसैगरी, नेपाल बैंकको २ अर्ब ९५ करोड २५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ, एनआइएमबी बैंकको ७ अर्ब ५ करोड २२ लाख रुपैयाँ, स्टान्डर्ड चाटर्ड बैंकको ८ अर्ब २० करोड ९० लाख रुपैयाँ लगानी निर्माण क्षेत्रमा रहेको छ ।

हिमालयन बैंकको २ अर्ब ११ करोड ७६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ लगानी निर्माण क्षेत्रमा भएको छ ।

त्यस्तै, कात्तिक महिनासम्म निर्माण क्षेत्रमा सिद्धार्थ बैंकले ४ अर्ब ६७ करोड २९ लाख रुपैयाँ, कृषि विकास बैंकले १२ अर्ब ५४ करोड ८० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ८ अर्ब ८ करोड ५३ लाख रुपैयाँ, एनएमबी बैंकले ५ अर्ब १४ करोड रुपैया, प्राइम कमर्सियल बैंकले ११ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ र सानिमा बैंकले ७ अर्ब ८ करोड ४७ रुपैयाँ निर्माणमा लगानी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्