काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ३१५ कम्पनीको १ अर्ब ८६ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० बढीको कारोबार भएके छ ।
बिहीबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबरा भएको छ । कम्पनीको ४६ करोड १७ लाख ४२ हजार बढी रुपैयाँको संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ७० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्