काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ३१५ कम्पनीको १ अर्ब ८६ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३ सय ७९ रुपैयाँ बराबार कारोबार भएको छ ।
बिहीबार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूलय घटेको छ भने ११ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।
बिहीकार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबरा भएको छ । कम्पनीको ४६ करोड १७ लाख ४२ हजार बढी रुपैयाँको संकलन भएकाे छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ७० रुपैयाँ रहेको छ ।
साथै, बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य ५.०२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्