Shikhar Insurance
National Life

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १४:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको हो ।

नेपाली काँग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतबाट पारित भएको समिति सभापति रामहरी खतिवडाले घोषणा गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभापति खतिवडाले विधेयक पारित गर्नको लागि गरेको प्रश्ताव समिति सदस्यहरुले तालि बजाउँदै पारित भएको जानकारी गराए । समितिबाट पारित भ्रष्टाचार निवारण ऐन प्रतिनिधि सभामा पेश हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्