काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएके छ । कम्पनीले संस्थापक सेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९ सय २८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय २ रुपैयाँ रहेको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुबाट आवदन नपरेपछि कम्पनीले अन्य व्यक्ति वा संस्थाको लागि बिक्री प्रक्रिया अगाडी बढाएकाे छ ।
सेयर खरिदको लागि सर्वसाधारणले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन दनसक्र्नेछन् ।
प्रतिक्रिया दिनुहोस्