Shikhar Insurance
National Life

दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण स्थलमा भएका रुखहरु कटानको स्वीकृति कुर्दै सिमित

सिंहदरबार संवाददाता
२०८१ पुष १७, बुधबार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । मुलुकको व्यापार सहजीकरणका लागि आवश्यक व्यापारिक पूवार्धार निर्माण गर्ने क्रममा नेपाल सरकारले कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालीका अन्तर्गत वडा नं. १ मा एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माण गर्न लागेको छ।

यस आयोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भएकोले यसका लागि नेपाल सरकार र भारत सरकार बीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त आयोजना भारत सरकारबाट निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर भए पश्चात समितिबाट तयार गरी मिति २०८० बैशाख १७ गते स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गरी परिमार्जित वातावरणीय व्यवस्थापन योजना मिति २०८१ भदौ ७ गते वन तथा वातावरण मन्त्रालय ९मन्त्रीस्तर० को निर्णयानुसार स्वीकृत भएको थियो ।

जसअनुसार आयोजना सञ्चालनको लागि प्रस्तावित जग्गाको क्षेत्रफल ४२.३६ हेक्टर रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा परिमार्जित वातावरणीय व्यवस्थापन योजनाको स्वीकृति पश्चात दोधारा चाँदनी एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको राष्ट्रिय वनको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातीका १७०२ गोटा रुख र पोलहरु हटाउन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१ असोज २ गतेका अनुसार स्वीकृति प्राप्त भएको थियो ।

मन्त्रिपरिषदको उक्त निर्णयानुसार रुख कटान कार्यको लागि संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० अनुसार दोधारा चाँदनी एकीकृत जाँच चौकी आयोजना निर्माणको लागि प्रयोग हुने ४२।३६ हे। क्षेत्रफलमा नघट्ने गरी सट्टाभर्ना स्वरुप नेपाल सरकारलाई जग्गा उपलब्ध गराउनु पर्ने भएको छ ।

नेपाल सरकारलाई सट्टाभर्ना स्वरुप बुझाउनु पर्ने जग्गा तत्काल उपलब्ध गराउन नसकिएको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई वन विकासको लागि जग्गा खरिद गर्ने प्रयोजनको लागि जम्मा १४ करोड ८२ लाख ६० हजार रुपैयाँ समितिले बुझाउनु पर्ने भएको छ ।

समितिबाट मिति २०८१ पुस ९ गते उक्त रकम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कोषमा जम्मा गरिसकिएको र उक्त प्रस्तावित स्थानमा भएका विभिन्न प्रजातीका १७०२ गोटा रुख र पोलहरु हटाउने कार्यको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट स्वीकृत प्रदान गर्नु पर्ने भएको छ।

रुख कटानको स्वीकृतिको लागि यस समितिबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा नियमित सम्पर्क गरिरहेको र आदेशरस्वीकृति प्राप्त भएपछि रुख कटानको लागि प्रकृया अघि बढाइने जानकारी समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दिए ।

साथै, एकीकृत जाँच चौकी निर्माण गर्न भारतीय पक्षबाट कम्पनि छनौटको लागि टेन्डरको तयारी गरी सकेको र रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित गर्ने जानकारी भारतीय दुतावासबाट प्राप्त भएको जानकारी समेत कार्यकारी निर्देशकले गराए ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा अत्याधुनिक सुविधा सम्पन्न व्यापार पूर्वाधार सहित निर्माण हुन लागेको यस आयोजना अन्तर्गत सडक, पार्किङ्ग क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी/खाद्य प्रयोगशाला ९क्वारेन्टाइन० प्रशासनिक भवन लगायतका संरचनाहरुको निर्माण हुनेछ ।

यस आयोजनाको कुल लागत करिव ५।७६ अर्व नेपाली रुपैया रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्