Shikhar Insurance
National Life

रिलायबल नेपाल लाइफका ग्राहकलाई अन्नपुर्ण केबलकारमा ३० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ पुष १७, बुधबार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरसहरुले अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिसत विशेष छुट पाउने भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केबलकार बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपुर्ण केबल कारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने ७० लाख भन्दा बडी बीमितहरु रहेका छन् ।

अन्नपुर्ण केबल कार सँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलले बिमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्