Shikhar Insurance
National Life

रगत नि:शुल्क उपलब्ध गराउनुपर्छ, राज्यले छुट दिनुपर्छ : महामन्त्री थापा

सिंहदरबार संवाददाता
२०८१ पुष १७, बुधबार १४:२०
Hyundai
NCELL
NIMB

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि नि:शुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उनले रगत दिनेले पनि नि:शुल्क दिने भएकाले पाउनेले पनि नि:शुल्क पाउनुपर्ने धारणा राखे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महामन्त्री थापाले भने, ‘रगत नि:शुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ ।’ पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दानमध्येको ठूलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उनको भनाइ थियो । सामाजिक काममध्येको महत्त्वपूर्ण र परोपकारी काम रक्तदान भएको भन्दै महामन्त्री थापाले गत दिने र लिनेबीच कुनै सम्बन्ध नहुँदा पनि सहयोग स्वरुप सम्बन्ध स्थापित हुने बताए ।

उनले थपे, ‘रक्तदान गर्नेलाई कसले प्रयोग गर्छ थाहा नहुने र लिनेले कसको रगत लियो त्यो पनि थाहा नहुने हुँदा रक्तदान पूण्यको काम हो ।’ उपशाखा सभापति कृपा राजभण्डारीले रक्तदानको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेललगायत व्यक्तको उपस्थिति थियो ।

जिल्लामा उपचारका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यले विभिन्न सङ्घ संस्थाले यहाँ रक्तदानका कार्यक्रम गर्दै आएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्