Shikhar Insurance
National Life

धेरै जातजाति, भाषाभाषीहरु हुनु नेपालको कमजोरी हैन, सम्पत्ति हो : अध्यक्ष राउत

सिंहदरबार संवाददाता
२०८१ पुष १७, बुधबार १४:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताएका छन् ।बुधबार माईतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गरे । उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताउँदै सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नोआफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताउँदै भने, ‘नेपाल विविधतापूर्ण देश हो । यहाँ अनेकौँ, जातजातिहरु, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन् । हाम्रो लागि त्यो कमजोरी होइन । नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो । त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ । त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ । आज कुनै एकल जाजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन । सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो ।’

राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माईतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्