काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलबार सचिव पदमा नियुक्त गरेका हुन् । शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरुको सहभागिता रहेको थियो ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्