काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन १ लाख ४९ हजार ६ सयमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्