Shikhar Insurance
National Life

‘अर्थ मन्त्रालयमा बिचौलियाहरुको जगजगी छ, ठूलो पैसाको चलखेल छ’- स्वर्णिम वाग्ले

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले अर्थ मन्त्रालयमा बिचौलियाहरुको रजगज भएको बताएका छन् । संसदको अर्थ समितिमा बोल्दै सासंद वाग्लेले मन्त्रालयभित्र बिचौलियाहरुले ठूलो आर्थिक चलखेल गर्ने गरेको बताएका हुन् ।

समितिमा बोल्दै उनले भनेका छन्, “अर्थ मन्त्रालयमा हुने चलखेलहरु, फलानो पार्टीगत, यहाँ पठाइदेउ उहाँ पठाइदेउ, बिचौलियाहरुको जगजगी, यो घाम जस्तै छर्लक्क छ, ठूलै रकमको लेनदेन हुने इत्यादी, यसलाई रोक्नु पर्यो, यो रोक्नका लागि चलखेल हुने ठाउँहरु नै बन्द गरिदिनु पर्यो, अब भन्सार नीतिबाट यो मिलाउनु पर्यो, अहिलेको तजबिजी रोक्नु पर्यो।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

मालदार र बद्नाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको सासंद वाग्लेको भनाई छ । भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्नेमा उनको जोड छ । उनले ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उल्लेख गरे । यस्ता कार्यहरु भन्सार नीतिमार्फत निर्मुल बनाउन नसकिने भन्दै ऐनले व्यवस्था गर्नुपर्ने उनले बताए । भन्सारमा आउने सामान रोक्न कागजात नमिल्ने भन्दै तजबिजीमा काम गर्ने प्रवृत्ति रोक्ने कानून बनाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्ने बताए । भन्सार छली गरेर पक्राउ पर्दा उठ्नै नसक्ने खालको कारबाहीको ऐनमा व्यवस्था गरी भन्सारमा सुधार ल्याउनुपर्नेमा उनको जोड छ ।

भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक देखिएको भन्सार रुपान्तरणको लागि राजनीतिक प्रतिवद्धतासहित अब मालदार र बद्नाम अड्डालाई रुपान्तरण गर्नुको विकल्प नभएको वाग्लेले उल्लेख गरे । उनले भने,‘ भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्छ । ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्नेतिर जानुपर्छ ।

भन्सार नीतिमार्फत निर्मुल बनाउन सकिँदैन । तजबिजीमा काम गर्ने प्रवृत्ति छ । त्यसलाई रोक्ने कानून बनाउनुपर्छ । भन्सारमा तजबिजि लगाएर काम गर्ने प्रवृत्तिलाई निर्मुल बनाउनुपर्छ । भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्छ । भन्सार छली गरेर पक्राउ पर्यो भने उठ्नै नसक्ने खालको कारबाही भयो भने भन्सारमा सुधार ल्याउँछ । बद्नाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र राम्रा अभ्यासहरु आएका छन् । भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक छ । सुधारको लागि राजनीतिक प्रतिवद्धता छ । मालदार र बदनाम अड्डालाई हामीले रुपान्तरण गर्नुपर्छ ।’

उनले श्रम,स्वच्छ ऊर्जा,निर्यात गर्ने वा नेपालमा आयात प्रतिस्थापन गर्ने वस्तुरुमा भन्सार शुल्क कम हुनुपर्ने बताए । निर्यातजन्य वा पुँजी निर्माणमा काम लाग्ने वस्तुहरुमा कम भन्सार राख्नुपर्ने उल्लेख गरे । अहिले सरकारले मनलाग्दी भन्सारदर अपनाउने गरेको भन्दै भन्सार दर राख्नुको आधार पुष्टि हुनेगरी राख्न आवश्यक रहेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्