Shikhar Insurance
National Life

नेप्सेमा ५ कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको बोनस सेयर मूल्य समायोजन भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंक, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त, सांग्रिला डेभलपमेन्ट, शिवम् सिमेन्टको बोनस सेयर मूल्य समायोजन भएको हो ।

लक्ष्मी सनराइज बैंक

Citizen Life
Kumar Bank
Prabhu Insurance

लक्ष्मी सनराइज बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर मूल्यको समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य २ सय २४.७६ रहेको छ भने समायोजन अघि कम्पनीको सेयर मूल्य २ सय ३६ रुपैयाँ रहेको छ ।

साना किसान लघुवित्त

साना किसान लघुवित्तको १३.३० प्रतिशत बोन सेयरको लागि सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य ८ सय १४.६५ रहेको छ भने समायोजन अघि कम्पनीको सेयर मूल्य ९ सय २३ रुपैयाँ रहेको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था

डिप्रोस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५० प्रतिशत बोनस सेयरको लागि सेयर मूलय समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य ७ सय ८५.३९ रुपैयाँ रहेको छ भने समायोजन अघि ८ सय ६० रुपैयाँ रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक को ३.६५ प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य ३ सय ८६ रहको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य ३ सय ७२.४० रहेको छ ।

शिवम् सिमेन्ट

शिवम सिमेन्टको ८.५५ प्रतिशत बोनस सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीको समायोजन पछि सेयर मूल्य ५ सयय १२.२१ रुपैयाँ रहेको छ भने समायोजन अघि कम्पनीको सेयर मूल्य ५ सय ५६ रुपैयाँ रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्