Shikhar Insurance
National Life

८४ वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार १६:५०
Hyundai
NCELL
NIMB

कञ्चनपुर । चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किन्छन् । वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना । साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उहाँको जोसजाँगर युवावयमा भन्दा कम छैन । उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविकाचलाएका छन् ।

‘छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,’ उनले भने ‘डोरी बेचेरै पेट पालिएको छ ।’ डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप १ सय दिन्छन् । फुर्सदमा उहाँ चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्छन । भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गरेको बताए । उनका अनुसार २ सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ । चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,’ उनले भने ‘आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुई/तीनवटा बिक्री हुँदा गुजारा चल्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानो आकारको जाल, मुखौरी २ सय ५० र ठूलो आकारको ५ सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् । रामस्वरुपका दुई छोरा छन् । उनको श्रीमती ५४ वर्षकै उमेरमा बित्यो ।

कोरोना महामारीपछि यो व्यापारमा लागेको उनले बताए । ‘काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,’ उनले भने ‘बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।’

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्