काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेकोबताएका छन् । मंगलबार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताएका हुन् ।
उनले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरुको कार्यान्वयनका स्थानीय तह लाग्न आवश्यक रहेको बताए । उनले कानूनको परिपालनाका लागि आफू मातहतका स्थानीय तहहरुलाई निर्देशन दिन प्रदेश मन्त्रीहरुलाई निर्देशन पनि दिए ।
उनले सबैले आ—आफ्नै डबली बजाएर देशको कल्याण नहुने जिकिर गरे । उनले बालविवाहका कारण बाललिकाहरुको शारीरिक र मानसिक शोषण भइरहेको उल्लेख गरे । बालविवाहको अन्त्य गर्दै समाजमा विद्यमान समस्याहरुको समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । मन्त्री सुडीले तीनै तहको सरकार मिलेर अघि बढ्नसकेमात्र सामाजिक विकृतिहरुको अन्त्य गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस्