Shikhar Insurance
National Life

बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । मंगलबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड १९ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले पुस १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०२५ जनवरी १६ देखि २०२६ जनवरी १७ सम्म ३६७ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्