Shikhar Insurance
National Life

५ हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार १५:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती फँडानी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

कोशी प्रदेशमा एक हजार आठ सय १४ रोपनीमा, काठमाडौं उपत्यकामा एक सय २०, गण्डकी प्रदेशमा तीन सय ४५, लुम्बिनी प्रदेशमा एक सय ६९ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, मधेश प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा पाँच रोपनी र सुदूरपश्चिम प्रदेशमा एक सय ७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्