काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० मा पुगेको हो ।
मंगलबार ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँ बढी संकलन भएकोे छ ।
मंगलबार ४ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, र नारायणी डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लागेको हो ।
साथै, आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ९.३४ प्रतिशत, बोटलर्स नेपाल (तराई) को ९.२५ प्रतितशत, मल्टी पर्पस फाइनान्सको ७.८३ प्रतिशत सहित २४७ कम्पनीकोे सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्