Shikhar Insurance
National Life

यी ६ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । आज (पुस १६ गते) ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । मंगलबार लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स, डिप्रोक्स लघुवित्त, साना किसान विकास लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीहरुले सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएका छन् । जसअनुसार पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउँनेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंक

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा अम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०:३० बजे आव्हान गरेको हो ।

लक्ष्मी सनराइज बैंक

बैंकले गत आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजेबाट बोलाएको छ ।

आइसीएफसी फाइनान्स

आइसीएफसी फाइनान्सले गत वर्ष ०८०/०८१ को मुनाफाबाट कर सहित ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश प्रस्ताव पारितको लागि कम्पनीले पुस २९ गते बौद्ध हेरिटेज, बौद्ध पिपलबोट काठमाडौंमा बिहान १० बजे साधारण सभा आव्हान गरेको छ ।

डिप्रोक्स लघुवित्त

डिप्रोक्स लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश प्रस्ताव पारितको लागि कम्पनीले पुस २६ गते होटल सेभेन स्टार लिमिटेड, सौराहामा बिहान १० बजेदेखि वार्षिक साधारण सभा आव्हान गरेको छ ।

साना किसान विकास लघुवित्त

साना किसान विकास लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २३ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुर वार्षिक साधारण सभा बोलाएको छ ।

शिवम् सिमेन्ट लिमिटेड

शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे देखि आव्हान गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्