Shikhar Insurance
National Life

एनएलजी इन्स्योरेन्सकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले यसअघि पुस १ गतेसम्म म्याद राखेको थियो तर पछि बढाएर पुस १६ गते कायम गरिएको हो।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। सेयरधनीहरुले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाबाहिरका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्