काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा २ सय रुपैयाँले महंगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ३ सय रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबारका लागि ९१ हजार ५ सय रूपैयाँ तय गरिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार तय गरिएको छ ।
सुनको मूल्य बढ्दा चाँदी पनि महंगिएको छ । चाँदीको मूल्यमा शुक्रबारभन्दा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय २५ रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्