काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन (आइतबार) १ लाख ५० हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको छ भने अघिल्लो दिन चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्