काठमाडौं । नमस्ते पे ले नयाँ वर्ष २०२५ लाई मध्यनजर गर्दै उडान टिकट खरिदमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर पष १४ गतेदेखि पुष १८ गतेसम्म उपलब्ध हुनेछ ।
यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक हरेक टिकटमा लागु हुनेछ, जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप *५००# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्।
रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । कम्पनीका अनुसार नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले युएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।
प्रतिक्रिया दिनुहोस्