काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई पुस ११ गते कारवाही गरेसँगै वित्त कम्पनीको सेयरमा ‘पानारोमिक इफेक्ट’ देखा परेको छ । यो घटनाले बैंक तथा वित्त कम्पनीका लगानीकर्ताहरू निरुसाहित भएका छन् ।
कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले खराब कर्जा ४०.८५ भएको भन्दै मंसिर १० गते निग्रानीमा राख्ने फैसाला गरेको थियो । त्यस प्रश्चात बैंकको सेयर मूल्यमा केही समुहले चलखेल गर्दै लगातार सर्किट लेबलमा मूल्य बढाएका थिए ।
बजारमा आएको वृद्धि देखेर होमिएका सोझा लगानीकर्ताहरुलाई टोली लगाएर स्वार्थ समुह बाहिरिन सफल भएका थिए । जसको परिणम श्वरुप समग्र बैंक तथा वित्त क्षेत्रको सेयर बजारमा पानारोमिक इफेक्ट देखा परेको छ ।
आजको कारोबारमा ५ वित्त कम्पनीको सेयरमा नकारात्मक सर्किट नै लागेको छ भने मूल्य घट्ने टपटेन कम्पनीमा ९ बैंक तथा वित्त कम्पनी रहेका छन् । त्यस्तै धेरै मूल्य घट्ने सूचिमा ३० मध्य २० बैंक तथा वित्त कम्पनी परेका छन् ।
निरन्तर खराब कर्जा बढ्दै जानु, लगानीयोग्य रकम बैंकमा थुप्रिनु, इपिएस घट्दै जानु, सरकारले भुतप्रभावि कर संकलन गर्नु तथा यहि समयमा नेपाल राष्ट्र बैंकले कारवाहीको डण्डा चलाउनु लगायतको ‘पानारोमिक इफेक्ट’ले बैंक तथा वित्त कम्पनीहरू नकारात्मक प्रभावमा परेकाे छ । जसबाट बैंकिङ्ग क्षेत्रका लगानीकर्ता निरुत्साहित भएका छन् ।
आइतबार नारायणी डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकस बैंक, जानकी फाइनान्स र सर्पाेट माइक्राेफाइनान्सकाे सेयर मूल्यमा भने नकारात्मक सर्किट नै लागेको छ ।
नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ११५.६० रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ४० रुपैयाँ ९० पैसा पुगेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ९६ रुपैयाँ ९० पैसाले घटेर ८ सय ७२ रुपैयाँ १० पैसामा कारोबार भएको थियो ।
सिन्धु विकास बैंकको सेयर मूल्य पनि प्रतिकित्ता ९२ रुपैयाँले घटेर ८ सय ७२ रुपैयाँ पुगेको छ । भने एक माइक्रोफाइनसको सेयर मूल्य प्रतिकित्तना ३ सय ९८ रुपैयाँले घटेर ३ हजार ५ सय ८७ रुपैयाँ ४० पैसा कायम रहेको छ ।
जानकी फाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँ ६० पैसाले घटेर ८ सय ३३ रुपैयाँ ४० पैसा पुगेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ८० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ पुगेको छ । बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९.१० रुपैयाँले घटेर प्रतिकित्ता ६ सय ३८ रुपैयाँ ९० पैसा पुगेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूलय प्रतिकित्ता ४२ रुपैयाँले घटेर ५ सय ६३ रुपैयाँ पुगेको छ । समृद्धि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले घटेर ६ सय ८ रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्