काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१२ अंक्ले घछटेर २६०९.५८ मा पुगेको छ ।
आइतबार ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोेड ४८ लाख ६८ हजार ७ सय ६४ रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, आज ५ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आइतबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकको सेयरमा नकरात्मक सर्किट लागेको हो । पुष १० गते राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै विकास बैंकहरुको सेयरमा नकरात्मक प्रभाव देखिएको छ ।
त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्टको ८.७६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ८.३३ प्रतिशत सहित २२४ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्