काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १४ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।
कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएके छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार होटल सामना हेटौंडा बिहान ११ बजे सभा आव्हान गरेको हो ।
सभामा चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारित गर्नेछ।
सभामा गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।
सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।
सभामा कम्पनीले दुई जना सञ्चालकको निर्वाचन र अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्