Shikhar Insurance
National Life

अमेरिकी सहयोगको २५ लाख डोज खोप पाकिस्तान आइपुग्यो, नेपालले कहिले पाउला ?

सिंहदरबार संवाददाता
२०७८ असार १९, शनिबार १९:४२
Hyundai
NCELL
NIMB

एएनआई । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ । अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।

महामारीले अफ्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ । पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमेरिकाले विश्वभरी वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो । पाकिस्तानमा अहिलेसम्म चीनले तीन प्रकारका खोप उपलब्ध गराएको छ । चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पाकिस्तानमा अहिले कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन् । पाकिस्तानमा कोभ्याक्समार्फत् १२ लाख मानिसले अष्ट्रजेनिका खोप लगाएका छन् । अरु खोप आउने क्रममा रहेको जनाइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्