Shikhar Insurance
National Life

सेयर बजारमा ‘बबल ब्रस्ट’ जाेखिम, खराब कम्पनीमा लगानीकर्ताको ओइरो

प्रमिला भट्ट
२०८१ पुष १४, आईतवार १०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेयर बजारमा समस्याग्रस्त कम्पनीको सेयर मूल्यमा उछाल आउने क्रम निरन्तर रहेको छ । गत मंसिर ११ गते राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निष्क्रिय कर्जा बढेर ४०.८५ प्रतिशत पुगेको भन्दै कारवाही स्वरुप निक्षेप संकलन तथा कर्जा प्रवाह रोक लगायतको कारवाही गरेको थियो ।

तर राष्ट्र बैंकको कारवाही को सूचना आउनासाथै बैंकको सेयर मूल्य निरन्तर सर्किट लेबलमा बढेको थियो । राष्ट्र बैंकले पुन बैंकको वित्तीय अवस्था संकटमा परेको भन्दै पुस १० गते समस्याग्रस्त घोषणा गर्यो । निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले राष्ट्र बैंकले चालेको यो कदमलाई बैंकिङ क्षेत्रमा नियामकीय दाहित्वको रुपमा लिने गरिन्छ । अब अर्को व्यावस्था नहुँदासम्मका लागि बैंकको व्यावस्थापन समेत नेपाल राष्ट्र बैंकले हेर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यता, नेप्सेले कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त बैंकको रुपमा घोषणा गरेको भन्दै अर्को व्यवस्था नहुन्जेलसम्मको लागि पुस ११ गतेबाट सेयर कारोबार रोक्का गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले समस्या आउन सक्ने भनेर मंसिर ११ गते कारवाही गरेपनि निरन्तर रुपमा सेयर मूल्य उछालिदै कर्णाली डेभलपमेन्ट बैंकको सेयर ‘अल इयर हिट’ प्रतिकित्ता ८ सय ७० रुपैयाँसम्म पुगेको थियो भने नेप्सेले पुस ११ गतेबाट सेयर कारोबार रोक्का गर्दा समेत प्रतिकित्ता ८ सय १० रुपैयाँमा कारोबार भैरहेको थियो ।

नेपाली सेयर बजारमा संकटग्रस्त कम्पनीको सेयर मूल्यमा उछाल आउने तथा वित्रतिय सबल रहेका कम्पनीहरुमा भने नकारात्मक प्रभाव देखिनु कुनै नौलो कुरा भने हैन । गत बिहीबारकै बजारको ट्रेन्ड हेर्दा नेप्सेमा सूचीकृत १६ विकास बैंक मध्ये संकटग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको कारोबार रोक्क भए पश्रचात अरु १५ बैंकको सेयर मूल्य घट्नुका साथै तीन विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किटनै लागेको छ ।

बिहीबारकाे बजार अवस्था र विकास बैंकहरुको वित्तीय अवस्था 

कर्पोरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीलाई गत आव ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले चालु आव ०८१।०८२ को पहिलो त्रैमासिक रिर्पोट अनुसार खुदनाफा २१ लाख ६८ हजार ८ सय २८ रुपैयाँ आर्जन गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी ५२ करोड ५० लाख रहेको छ भने पीई रेसियो ४ सय ८०.९६ रहेको छ । कम्पनीको इपिएस १.६५ रहेको छ भने नेटर्वथ १४३ रुपैयाँ ७४ पैसा रहेको छ ।

नारायणी डेभलपमेन्ट बैंक

नारायणी डेभलपमेन्ट बैंककले लाभांश घोषण गर्न बाँकी रहेको छ । कम्पनीको आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिक रिर्पोट अनुसार नाफामा गिरावट देखिएको छ । कम्पनीको नाफा ४८ लाख ५० हजार ९ सय ९३ रहेको छ । बैंकको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ रहेको छ भने पीईे माइनस ३ सय ३९ रुपैयाँ ४१ पैसा रहेको छ । बैंकको इपिएस माइनस १.८५ रुपैयाँ रहेको छ भने प्रतिसेर नेटर्वथ २३.८८ रहेको छ ।

सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले आर्थिक वर्ष ०८०/०८२ को पहिलो त्रैमाससम्मा २३ करोड ५ लाख ८ हजार ७ सय १२ रुपैयाँ नाफा कमाएको छ । बैंकले लाभांश सम्बन्धी कुनै पनि सुचना जारी गरेको छैन् ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले चालू आव २०८१/०८२ मा २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको हो भने बैंकको हाल ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकको इपीएस १६ रुपैयाँ रहेको छ भने बैंकको पीई रेसियो २६.०१ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटर्वथ १ सय ५४ रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुस ११ गते सेयर मूल्य ३ सय ७४ रुपैयाँ ५० पैसा कायम रहेको छ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकको सेयर मूल्य बिहीबार प्रतिकित्ता ४ रुपैयाँले घटेर ४ सय ३ रुपैयाँ कायम छ । कम्पनीले यो वर्षको लाभांश घोषण गर्ने बाकी रहेको छ । कम्पनीले आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिक रिर्पोट अनुसार २२ करोड ५७ लाख ४३ हजार ९ सय ८१ रुपैयाँ नाफा कमाएको छ भने कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ रहेको छ । बैंकको पीई सेसियो २९ रुपैयाँ ५६ पैसा रहेको छ भने इपिएस १५.९ रहेको छ । बैंकको प्रतिसेयर नेटर्वथ १६२.७ रुपैयाँ रहेको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकको बिहीबार सेयर मूलय प्रतिकित्ता ७ रुपैयाँ ९० पैसाले घटेर प्रतिकित्ता ४ सय ४० रुपैयाँ कायम रहेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर गरी कुल १२ प्रतिशत बोनस सेयर दिएको छ । कम्पनीको चालु आव पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १७ करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार १ सय ९५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटर्वथ १५४.२१ रुपैयाँ रहेको छ । बैंकको पीई रेसियो २३.७४ रहेको छ ।

ज्योति विकास बैंक

बैंकको बिहीबार पुस ११ गते सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ ९० पैसाले घटेर ३ सय ६८ रुपैयाँ कायम रहेको छ । बैंकले चालू आव ०८०/०८१ मा सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । बैंकले चालू आव पहिलो त्रैमाससम्मा नाफा १५ करोड ११ लाख ९० हजार ३ सय १० रुपैयाँ आर्जन गरेको छ भने बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार ८ सय ८६ रुपैयाँ रहेको छ । बैंकको पीई रेसियो २६.८२ रहेको छ भने इपिएस १३.७६ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटर्वथ १४८.८२ रुपैयाँ रहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बिहीबार पुस ११ गते प्रतिकित्ता १ रुपैयाँ ६० पैसाले घटेर ४ सय ४० रूपैयाँ कायम रहेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोन सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको चालू आव ०८१।०८२ को पहिलो त्रैमासमा नाफा २३ करोड ९३ लाख ६३ हजार ८ सय ६३ रुपैयाँ आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९ सय ५१ रहेको छ भने बैंकको पीई २४.८२ रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको इपिएस २०.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१.३ रुपैयाँ रहेको छ ।

लुम्बिनि विकास बैंक

बैंकको पुस ११ गते सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले घटेर ४ सय ८१ रुपैयाँ कायम रहेको छ । बैंकले गत आवको मुनाफाबाट सेयधनीलाई नगद लाभांश ४ प्रतिशत र बोनस सेयर ३ प्रतिशत गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको चालु आव पहिलो त्रैमास वित्तीय विवरण अनुसार खुद नाफा २० करोड १९ लाख ८५ हजार ९ सय ७९ रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार १ सय ३८ रुपैयाँ रहेको छ । बैंकको पीई २१.८१ रहेको छ भने इपिएस २२.९७ रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको नेटर्वथ १९६.५७ रुपैयाँ रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको पुस ११ गते सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले घटेर ४ सय ७ रुपैयाँ कायम रहेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ०.१९२२ प्रतिशत नगद लाभांश र ३.६५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । बैंकले चालू आव ०८१।०८२ को पहिलो त्रैमासमा ६ करोड १ लाख ७९ हजार ३ सय २३ रुपैयाँ नाफा आर्जन गरेको छ भने बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३ सय २ रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको पीई ६२.१४ रुपैयाँ रहेको छ भने इपिएस ७.२ रहेको छ । सो अवधिमा नेटर्वथ १४६.९४ रुपैयाँ रहेको छ ।

सत्तकाेशी डेभलपमेन्ट बैंक

सत्तकाेशी डेभलपमेन्ट बैंकको पुस ११ गते सेयर मुल्य प्रतिकित्ता १ सय १ रुपैयाँले घटेर ९ सय ६९ रुपैयाँ कायम रहेको छ । बैंकका लाभांश घोषणा गरेको छैन् । बैंकको चालू आव ०८१/०८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार नापलामा गिरावट आएको छ । बैंकको सो अवधिमा नाफा ८ करोड ७७ लाख ८४ हजार ३ सय ५८ रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख ३८ हजार ४ सय ३२ रुपैयाँ रहेको छ भने पीई मइनस १३.७८ रहेको छ । सो अवधिमा बैंकको इपिएस माइनस ४२.९ रहेको छ भने नेटर्वथ ७०.३२ रहेको छ ।

ग्रिन डेभलपमेन्ट बैंक

ग्रिन डेभलपमेन्ट बैंकको पुस ११ गते सेयर मूल्य प्रतिसेयर ८८ रुपैयाँले घटेर ९ सय ६० रुपैयाँ कायम रहेको छ । बैंकले लाभांश सम्बन्धी कुनै पनि सूचना जारी गरेको छैन । बैंकको चालू आव ०८१/०८२ को पहिलो त्रैमाससम्मा १ करोड ५६ लाख ७३ हजार ६ सय ८७ रुपैयाँ नाफा कमाएको छ भने बैंकको चुक्ता पुँजी ५३ करोड ८७ लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकको इपिएस माइनस २.९१ रुपैयाँ रहेको छ भने नेटर्वथ १ सय १३ रुपैयाँ ७९ पैसा रहेको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकको पुस ११ गते प्रतिकित्ता २ रुपैयाँ २० पैसाले घटेर ३ सय ८९ रुपैयाँ २० पैसा घटेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश ४ प्रतिशत र बोनस सेयर ३ प्रतिशत गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको चालु आव ०८१/०८२ पहिलो त्रैमास वित्तीय विवरण अनुसार ३७ करोड ७५ लाख ५४ हजार ९ सय २७ रुपैयाँ नाफा कमाएको छ भने बैंकको चुक्ता पुँजी ४ अबै १७ करोड १३ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको पीई ३५.९६ रुपैयाँ रहेको छ भने इपिएस ९.५ प्रतिशत रहको छ । बैंकको नेटर्वथ १ सय ५४ रुपैयाँ ५१ पैसा रहेको छ ।

मितेरी डेभलपमेन्ट बैंक

मितेरी डेभलपमेन्ट बैंकको पुस ११ गते सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ १० पैसाले घटेर ७ सय ११ रुपैयाँ ९० पैसा कायम रहेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश ०.५० प्रतिशत र बोनस सेयर ९.५० प्रतिशत घोषणा गरेको छ । बैंकको चालू आव पहिलो त्रैमासको रिर्पोट अनुसार ७३ लाख ६१ हजार ९ सय ६६ रुपैयाँ नाफा आर्जन गरेको छ भने सो अवधिमा चुत्ता पुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार ५ सय ७३ रुपैयाँ रहको छ । सो अवधिमा बैंकको पीई २ सय ५१ रुपैयाँ रहेको छ भ ने इपिएस २.६५ प्रतिशत रहेको छ । बैंकको नेटर्वथ  १४४.२ प्रतिशत रहेको छ ।

एक्सेल डेभलपमेन्ट बैंक

एक्सेल डेभलपमेन्ट बैंकको सेयरमा पनि पुस ११ गते बिहीकार गिरावट नै आएको छ । बैंकको प्रतिकित्ता २८ रुपैयाँले घटेर ६ सय ५ रुपैयाँ कायम रहेको छ । बैंले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छैन । बैंकको चालू आव ०८१/०८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १२ करोड ३० लाख १६ हजार ३० रुपैयाँ नाफा कमाएको छ भने बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार ४ सय ७० रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको पीई माइनस १६.६६ रहेको छ भने इपिएस माइनस ३९.३७ रहेको छ । सो अवधिमा बैंकको नेटर्वथ १५६.५४ रुपैयाँ रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्