Shikhar Insurance
National Life

मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउँछ : उपप्रधानमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ पुष १२, शुक्रबार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्‍याउने बताएका छन् ।

शुक्रबार ‘मध्यपुर महोत्सव २०८१’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उन नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेला महोत्सवहरुले स्थानीय उत्पादन स्वदेशी सामग्रिको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उनको विश्वास छ । उनले स्थानीय उत्पादनदेखि लिएर समाजमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर देशभित्रै व्यापार व्यवसाय गर्न नयाँ पुस्तामा जागरुकता ल्याउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामी जन्मेको ठाउँमा बस्यो भने के हुन्छ र ? भन्ने खलाको नकारात्मक कुराहरु भइरहेका छन् । तर आफ्नै गाउँठाउँमा बसेर काम गर्ने इच्छा भयो भने मौका र अवसर मिल्छ भन्ने कुरा कृषि लगायतका क्षेत्रमा काम त गर्नसक्छौं नि त । काम गर्ने इच्छा भयो भने काम गर्ने ठाउँहरु प्रशस्त छ भन्ने कुराहरु मेला महोत्सवहरुले देखाइ नै रहेका छन् । स्थानीय उत्पादन, सामग्रीदेखि लिएर मौका पनि मिल्ने र नयाँ पिँडिलाई पनि काम गरेर खानु राम्रो कुरा हो ।’

‘मध्यपुर ठिमी महोत्सवले सबैलाई एकै ठाउँमा ल्याउने काम गर्नेछ । ठिमीका जनतालाई मात्र नभएर समग्र देशमका बासिन्दाहरुलाई जमघठ गरेर अन्तरक्रिया गर्ने अवसर जुराएको छ । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनका महोत्सवले प्रत्यक्ष रुपमा धेरै ठूलो प्रभाव पार्छ । आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि यस्ता महोत्सवहरुले काम गर्ने गर्दछन्’ उनले भने ।

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठाउँठाउँमा मेला महोत्सवहरुको आयोजना गर्नुपर्नेमा उनको जोड छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्