काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ मा पुगेको हो ।
बिहिबार ३१० कम्पनीको २ करोेड ९ लाख ७८ हजार ९ सय ७९ कित्ता सेयर किनबेच हुदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँ बढी कारोबार भएको छ ।
बिहिबार ४ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको ९.४४ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ८.४० प्रतिशत सहित १८८ कम्पनीको सेयरमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्