Shikhar Insurance
National Life

केपी ओली र माधव नेपालको टेलिफोन सम्वादः के के भयो कुराकानी ?

सिंहदरबार संवाददाता
२०७८ असार १९, शनिबार १९:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार टेलिफोनमा लामो संवाद भएको छ । त्यस्तो सम्वादको मेलोमेसो भने एमाले उप महासचिव घनश्याम भुषालले मिलाएका थिए । भुषालकै मोबाइलमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच कुराकानी भएको हो ।

उच्च श्रोतका अनुसार टेलिफोन संवादमा बरिष्ठ नेता नेपालले सर्वाेच्च अदालतको फैसला अनुसार २०७५ जेठ २ अघिको पार्टी संरचना ब्युताउन र अहिले जारी कथित केन्द्रिय कमिटीको बैठक रोक्न ओलीलाई सुझाव दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘माधव नेपालले अहिले जारी बैठक सर्वोच्च अदालतको फैसला अनुरूप २०७५ जेष्ठ २ को नभई २०७७ फाल्गुण २८ कै निर्णयको निरन्तरता देखिएको र आवश्यक सल्लाह एवम् परामर्श विना आयोजना गरेकोले त्यसलाई रोक्न, राजनीतिक र संगठनात्मक कोर्ष करेक्सन गर्न एवम् पहिले निर्माण गरेको वार्ता कमिटिलाई क्रियाशील बनाई औपचारिक बार्ता आरम्भ गर्न सुझाव दिनु भयो’, श्रोतले भन्यो ।

उनले सर्वाेच्च अदालतमा विचाराधिन मुद्धाबाट हस्ताक्षर फिर्ता लिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका थिए । ‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दाका सन्दर्भमा अदालतबाट आउने फैसलालाई स्वीकार मात्र गर्न सकिन्छ । हस्ताक्षर फिर्ता लिन नसकिने कुरामा स्पष्टताका साथ सुनाउनुभयो’, श्रोतले भन्यो ।

ओलीले भने पार्टी एकताका लागि कुनै खास प्रस्ताव नराखेर हस्ताक्षर फिर्ताका लागि अनुरोध मात्रै गरेका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्